
वीरगन्ज । नेशनल इन्फोटेक कपमा ज्ञानदा एकेडेमी बिजयी भएको छ । ज्ञानदाले हेटौँडा स्कुल अफ म्यानेजमेन्टलाई ८ विेकेटले हराएको हो ।
वीरगन्जको नारायणी स्टेडियममा हेटौँडा स्कुलले दिएको लक्ष्य ज्ञानदाले ११ ओभर ४ बलमा भेट्टायो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हेटौँडाले निर्धारित ओभरमा पूरै विकेट गुमाएर ६२ रन बनाएको थियो ।
खेलमा मुना यादव प्लेयर अफ दि म्याच घोषित भएका छन् ।
त्यसअघि आजै सम्पन्न पहिलो खेलमा वीरगन्ज पब्लिक कलेज बिजयी भएको थियो । उसले नेशनल एकेडेमीलाई ८ विकेटले हराएको हो ।