ट्रेन्डिङ

दुर्गा माबिको अध्यक्षमा पुनः अवधेश यादव निर्वाचित

बारा । बाराको श्री दुर्गा नमुना माबी बरेवाको बिधालय ब्यवस्थापन समितिको अध्यक्षमा पुनः अवधेश यादव निर्वाचित भएका छन् ।

आज बसेको अभिभावक भेलाबाट उनी सर्वसम्मतीले  निर्वाचित भएका हुन् ।

यसैगरी भेलाले ईनल दास, तुल्सी आर्या र जिन्नत जहालाई सदस्यमा चयन गरेको हो । यादव लगातार तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा चयन भएका हुन । 

हाल उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म नेपाली तथा अङ्ग्रेजी माध्यममा पढाइ हुन्छ ।

विद्यालयमा शिक्षा, ब्यवस्थापन, बिज्ञान संकाय तथा प्राबिधिक धारतर्फ कम्प्युटर ईन्जिनियरतर्फ समेत अध्यापन गराइन्छ ।

विद्यालयमा भर्नाका लागि कुनै राजनीतिक सिफारिस नलाग्ने स्थानीय बताउँछन् ।

आधुनिक किसिमका ४० भन्दा बढी कक्षाकोठामा पठनपाठन गराइने विद्यालयमा ३५ सयभन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका लेखा शाखा प्रमुख देव कुमार प्रसाद साहले बताए ।

अभिभावक भेलामा कलैया उपमहानगरक शिक्षा तथा खेलकुद महाशाखा प्रमुख प्रल्हाद वर्णवाल, शिक्षा समिति सदस्य महम्मद सगिर, मनोज कुमार लगायत अभिभाकहरुको उपस्थिति थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै