
वीरगन्ज । नेशनल इन्फोटेक कपको दोस्रो खेलमा सेन्ट जेभियर्स बिजयी भएको छ । उसले वीरगन्ज कलेजलाई ३५ रनले पराजित गरेको हो ।
वीरगन्जको नारायणी स्टेडियममा भएको खेलमा टस जितेर ब्याटिङ गरेको सेन्ट जेभियर्सले १७ ओभरमा ८ विकेट गुमाएर एक सय २३ रन बनायो ।
जवाफी ब्याटिङ गरेको वीरगन्ज कलेज १७ ओभर खेलेर ८ विकेटको क्षतिमा ८८ रनमैे सिमित भएको हो । खेलमा सेन्ट जेभियर्सका इमरान अन्सारी म्यान अफ दि म्याच घोषित भएका छन् ।
यसअघि आजै सम्पन्न पहिलो खेलमा ग्लोबल बिजनेश कलेज बिजयी भएको थियो । उसले आयोजक एनआई कलेजलाई २६ रनले हराएको थियो ।