ट्रेन्डिङ

एनआई कप सुरु, उद्घाटन खेलमा ग्लोबल बिजनेश कलेज बिजयी

वीरगन्ज । नेशनल इन्फोटेक कलेजको आयोजनामा एनआई क्रिकेट कप २०८१ सुरु भएको छ । वीरगन्जको नारायणी स्टेडियममा आजदेखि प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन खेलमा ग्लोबल बिजनेस कलेज बिजयी भएको छ । ग्लोबलले आयोजक एनआईलाई २६ रनले पराजित गरेको हो ।

आजको खेलमा आयोजक एनआईले टस जितेर फिल्डिङ रोज्यो ।टस हरेर पहिले ब्याटिङ गरेको ग्लोबलले निर्धारित १० ओभरमा ८३ रन बनायो ।

८४ रनको लक्ष्य पछ्याएको एनआई निर्धारित ओभरमा ५७ रनमै अलआउट भयो ।

प्रतियोगितामा अहिले वीरगन्ज कलेज र सेन्ट जेभिर्यसबिचको खेल हुँदैछ । उक्त खेल १४ ओभरको हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै