ट्रेन्डिङ

वीरगन्जमा शहीदहरुको तस्विरमा माल्यार्पण

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) पर्साले बलिदानी दिवस मनाएको छ । वीरगन्जको घण्टाघरस्थित राखिएको मधेस आन्दोलनका शहीदहरुको शालिकमा माल्यार्पण गर्दै दिवस मनाइएको हो ।

जसपाका केन्द्रीय अध्यक्ष अशोक राई, खानेपानी मन्त्री प्रदीप यादव,वीरगन्ज महानगरकापालिकाका नगरप्रमुख राजेशमान सिंह लगायतले शहीदहरुको तस्विरमा माल्यार्पण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सो अवसरमा पूर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, बहुदरमाई नगरपालिकाका मेयर सिंहासन सा तेली लगायत जसपाका नेता तथा कार्यकर्ताहरुको उपस्थिती थियो ।

मधेस आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुको सम्झनामा माघ ५ गते बलिदानी दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै