ट्रेन्डिङ

एटीएम प्रयोगकर्तालाई नयाँ नियम : प्रति कारोबार २० हजार, दैनिक ५० हजार मात्र

वीरगन्ज । नेपाल राष्ट्र बैंकले डेबिट कार्डमार्फत गरिने कारोबारको सीमामा ठूलो कटौती गरेको छ।

केन्द्रीय बैंकले शुक्रबार निर्देशन जारी गर्दै डेबिट कार्ड प्रयोग गरी एटीएमबाट झिक्न सकिने रकमको सीमा २० देखि ५० प्रतिशतसम्म घटाएको हो।

नयाँ निर्देशनअनुसार अब डेबिट कार्ड प्रयोगकर्ताहरूले प्रति कारोबार एटीएमबाट २० हजार रुपैयाँ मात्र झिक्न सक्नेछन्, जबकि पहिले यो सीमा २५ हजार रुपैयाँ थियो। त्यसैगरी, दैनिक झिक्न सकिने सीमा एक लाख रुपैयाँबाट घटाएर ५० हजार रुपैयाँ कायम गरिएको छ भने मासिक सीमा ४ लाख रुपैयाँबाट ३ लाख रुपैयाँ तोकिएको छ। यो सीमा कटौती विद्युतीय कारोबारको सुरक्षा तथा व्यवस्थापनका लागि गरिएको बताइएको छ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति कारोबार १० हजार, प्रतिदिन २० हजार र प्रति महिना २ लाख रुपैयाँको सीमामा कुनै परिवर्तन गरेको छैन। साथै, क्रेडिट कार्डको कारोबार सीमा पनि यथावत् राखिएको बैंकले जनाएको छ। बैंक तथा वित्तीय संस्था बाहेकका सेवा प्रदायक संस्थाले जारी गर्ने प्रिपेड कार्डको प्रति दिन ५ हजार र प्रति महिना २५ हजार रुपैयाँको सीमा पनि राष्ट्र बैंकले यथावत् राखेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै