ट्रेन्डिङ

गेटा मेडिकल कलेजमा डा. केसीको सत्याग्रह सुरु

वीरगन्ज । चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीले आफ्नो २१ औं सत्याग्रह सुरु गरेका छन्।

उनले आज धनगढीस्थित गेटा मेडिकल कलेजमा पत्रकार सम्मेलनपश्चात् सत्याग्रहको घोषणा गरेका हुन्।

चिकित्सा शिक्षा आयोगले हालै एमबीबीएसको सिट संख्या १३५९ ले बढाएर २६३५ पुर्‍याएको र बीडीएसको सिट संख्या ६२५ बनाएको निर्णयको विरोधमा डा. केसीले यो कदम चालेका हुन्। उनले सरकारको यो निर्णयलाई निजी मेडिकल कलेज सञ्चालकहरूको आर्थिक स्वार्थसँग जोडेका छन्। डा. केसीका सहयोगी डा. अमृत जैसीका अनुसार, डा. केसीले दिउँसो १ बजेबाट सत्याग्रह सुरु गरेका छन्।

विज्ञहरूका अनुसार, गुणस्तरमा ध्यान नदिई सिट संख्या बढाउँदा नेपालको चिकित्सा शिक्षाको गुणस्तर खस्कने खतरा छ, जसले गर्दा दक्ष जनशक्ति उत्पादनमा नकारात्मक असर पर्न सक्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै