ट्रेन्डिङ

प्रधानमन्त्री ओलीको भारत भ्रमण : नालन्दा विश्वविद्यालयमा सम्बोधन गर्ने

वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो आगामी भारत भ्रमणका क्रममा बिहारस्थित ऐतिहासिक नालन्दा विश्वविद्यालयको अवलोकन गर्ने भएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा भदौ ३१ गतेदेखि भारत भ्रमणमा जान लागेका ओलीले नालन्दा विश्वविद्यालयमा आयोजित विशेष कार्यक्रमलाई पनि सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।

विश्वकै प्राचीनमध्येको एक मानिने नालन्दा विश्वविद्यालयको भ्रमणलाई प्रधानमन्त्री ओलीको यो भ्रमणको एक महत्त्वपूर्ण अंश मानिएको छ। यस भ्रमणले नेपाल र भारतबीचको शैक्षिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।

भ्रमणका क्रममा नेपाल र भारतबीचको सहकार्य, सांस्कृतिक सम्बन्ध तथा शैक्षिक पहललाई अगाडि बढाउने विषयमा समेत दुई देशका प्रधानमन्त्रीबीच छलफल हुनेछ। प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको लागि बोधगयामा रहेको हयात प्यालेस होटल दुई दिनका लागि भारत सरकारको विदेश मन्त्रालयको नाममा बुक गरिएको छ।

यसैबीच, भारतका विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भोली नेपाल आउन लागेका छन् । प्रधानमन्त्री ओलीले भदौ ३१ देखि दुई दिनसम्म भारतको भ्रमण गर्ने यसअघि नै अनौपचारिक रूपमा सार्वजनिक भइसकेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै