ट्रेन्डिङ

पर्साका एमाले नेता साह जनमतमा प्रवेश

वीरगन्ज । नेकपा एमाले निकट उद्योग तथा व्यवसायी महासङ्घ पर्साका अध्यक्ष भूपेन्द्र साह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममार्फत साह पार्टी प्रवेश गरेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफ बताए । त्यस्तै पर्साकै मधेश आन्दोलनका अगुवा नेता जगदीश पटेल र युवा व्यवसायी जटा शंकर पटेलले पनि जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।

उनीहरूलाई पार्टीका अध्यक्ष डा.सिके राउतले खादा र टीका लगाएर पार्टीमा प्रवेश गराएका छन् ।
उक्त अवसरमा पार्टीका राष्ट्रिय प्रवक्ता डा. सरद यादव, नेता सरार्फ, केन्द्रिय सदस्य बिध्यालाल प्रसाद तथा पर्साका वरिष्ठ नेता गौरीशंकर पटेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फले नयाँ नेताहरूको आगमनले जनमत पार्टी पर्सा जिल्लामा थप बलियो र सुदृढ हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै