जनकपुरधाम । मधेश प्रदेश सरकारले भोली नीति तथा कार्यक्रम ल्याउँदै छ ।
मधेश प्रदेश सभामा प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउन लागिएको जनाइएको छ । पहिलाको भन्दा फरक नीति तथा कार्यक्रमहरू ल्याउन लागिएको हो ।
प्रदेश सरकारले विशेषत शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीमा व्यवसायीकरण गर्ने काम प्राथमिकतामा राखेको छ । आन्तरिक उत्पादन बढाउँदै युवाहरूको रोजगारीलाई प्राथमिकतामा राखेर योजनाहरू तयार पारिको छ ।