ट्रेन्डिङ

मुख्यमन्त्री सिंहद्वारा जातीय विभेद अन्त्यका लागि साझा जिम्मेवारीमा जोड

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना व्यक्त गरेका छन् ।

दिवसको अवसरमा सम्पूर्ण प्रदेशवासीमा शुभकामना व्यक्त गर्दै जातीय विभेद अन्त्यका लागि सबैको साझा जिम्मेवारी रहेको बताएका छन्। उनले सदियौँदेखि समाजमा जरो गाडेका जातीय विभाजन र छुवाछुतजस्ता अमानवीय र विभेदकारी प्रथाहरूले समानता, समावेशिता र सामाजिक न्यायमा गम्भीर असर पुर्‍याएको उल्लेख गरेका छन्।

दिवसका अवसरमा जारी गरिएको सन्देशमा मुख्यमन्त्री सिंहले समतामूलक, सभ्य र न्याययुक्त समाज निर्माण गर्नु सबैको साझा दायित्व भएकोमा जोड दिएका छन्। उनले मधेश प्रदेश सरकारले समाजमा व्याप्त सबै प्रकारका विभेद अन्त्यका लागि नीति, कार्यक्रम तथा जनचेतनामूलक अभियान लाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिए।

मुख्यमन्त्री सिंहले राज्यका प्रत्येक संरचनामा समान पहुँच र सहभागिता सुनिश्चित गर्नु पनि सबैको दायित्व भएको बताए। उनले यो दिवसले विगतका गलत अभ्यासबाट पाठ सिक्दै समावेशी, समतामूलक र सम्मानपूर्ण समाज निर्माणतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरे।

मुख्यमन्त्री सिंहले यस दिवसको अवसरमा सबैमा आत्मसमीक्षा, सहिष्णुता र समानताको भावना अभिवृद्धि होस् भनी शुभेच्छा प्रकट गरेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै