वीरगन्ज । जनमत पार्टीले पत्रकारिता तथा सञ्चार क्षेत्रसँगको सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले ‘प्रेस जनमत संघ’ अन्तर्गत केन्द्रीय तदर्थ समिति गठनको प्रक्रिया सुरु गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार इच्छुक पत्रकारहरूलाई यस समितिमा सहभागी हुनका लागि औपचारिक रूपमा आह्वान गरिएको छ।
पार्टीका केन्द्रीय प्रवक्ता डा. शरदसिंह यादवद्वारा हस्ताक्षरित एक सूचना जारी गर्दै, केन्द्रीय तदर्थ समिति गठनका लागि रुचि राख्ने पत्रकारहरूलाई यही २०८२ साल असार २३ गते शुक्रबारभित्र पार्टीको केन्द्रीय सम्पर्क कार्यालय वा मोबाइल नम्बर ९८२९७९९२२२ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रेस जनमत संघको यो पहलले पार्टी र सञ्चारकर्मीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा मिडियाका माध्यमबाट पार्टीका विचार र गतिविधिलाई प्रभावकारी रूपमा जनस्तरमा पुर्याउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। जनमत पार्टीले यसअघि पनि विभिन्न माध्यमबाट सञ्चारकर्मीहरूसँग सहकार्य गर्दै आएकोमा अब औपचारिक रूपमा संगठन निर्माण गर्न लागेको हो।
यसले पार्टीका नीति तथा कार्यक्रमलाई थप पारदर्शी रूपमा प्रस्तुत गर्न र पत्रकारिताको माध्यमबाट जनमत निर्माणमा योगदान पुर्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।