ट्रेन्डिङ

महोत्तरीमा अवैध नदीजन्य पदार्थ उत्खननमाथि प्रहरीको कडाइस् २ लाख ४० हजार जरिवाना

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीले अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, (बालुवा, ढुङ्गा) उत्खनन तथा ढुवानी गर्ने ९ वटा सवारी साधन नियन्त्रणमा लिई २ लाख ४० हजार रुपैयाँ जरिवाना गराएको छ।

वैशाख १ गतेदेखि ३१ गतेसम्मको अवधिमा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी एकाइहरूले गरेको विशेष कारबाहीअन्तर्गत यी सवारी साधनलाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा लिइएका सवारी साधनहरूमा ट्याक्टर, टिपर, लोडर र स्काभेटर रहेका छन्। कारबाहीका लागि जिल्ला समन्वय समिति र सम्बन्धित पालिकाहरूमा पठाइएपछि जरिवाना तोकिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले नेपाल समाचार ११४५ मार्फत जानकारी दिएको छ।

प्रहरीले अवैध उत्खनन नियन्त्रणका लागि सक्रियता बढाएको यो घटनाले नदी दोहन रोक्न सरकारी निकायहरूले चालेको कदमलाई थप बल पुगेको छ। यसबाट वातावरणीय सन्तुलन कायम राख्न र प्राकृतिक स्रोतको संरक्षणमा मद्दत पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै