ट्रेन्डिङ

उदयपुरबाट १ हजार १ सय ४३ किलोग्राम लागू औषध गाजा सहित दुई महिला पक्राउ

जनकपुरधाम । उदयपुर जिल्लाबाट १ हजार १ सय ४३ किलोग्राम लागू औषध गाजा सहित दुई जना महिला पक्राउ परेका छन् ।

लागु औषध गाँजाको औसार पसार गर्ने गरेको बिशेष सूचनाको आधारमा उदयपुर प्रहरीले चौदण्डीगढी नगरपालिका–२ बाट उक्त ठूलो परिमाणको लागूऔषध गाँजासहित ओसारपसारमा संलग्न २ जना महिलालाई बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौदण्डीगढी–१ की रत्न माया श्रेष्ठ र ४२ बर्षीया कमला श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। कमलाले ३५ वटा प्लास्टिकको बोरामा रत्नमायाको घरमा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले रत्न मायाको घर कोठा खानतलासी गर्दा बरामद गरेको हो ।

गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै