ट्रेन्डिङ

नेशनल मेडिकल कलेज र स्वास्थ्य चौकी प्रमुखबीच अन्तरक्रिया

वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेजले वीरगन्ज महानगरपालिकाका ३२ वटै वडाका स्वास्थ्य चौकी प्रमुखहरूसँग अन्तरक्रिया गरेको छ ।

नेपाल सरकारबाट मान्यता प्राप्त विभिन्न स्वास्थ्य सेवाहरूजस्तै स्वास्थ्य बीमा सेवा, सामाजिक सुरक्षा कोष, विपन्न नागरिक औषधि उपचार, क्षयरोग (टीबी) कार्यक्रम, खोप सेवा, कर्मचारी सञ्चय कोष सेवा—बारे जानकारी दिनु अन्तरक्रियाको मुख्य उदेश्य रहेको नेशनल मेडिकल कलेजका प्रेस संयोजक आशिक अन्सारीले जानकारी दिए ।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रिन्सिपल प्रा. डा. के.एन. सिंहको अध्यक्षता गरेका थिए भने प्रमुख अतिथि कलेजका प्रबन्ध निर्देशक शाहनवाज अंसारी थिए। उनले नेपाल सरकारले निःशुल्क उपचारको व्यवस्था गरे तापनि धेरै नागरिकहरूले यसको लाभ लिन नसकेको भन्दै स्वास्थ्य चौकी प्रमुखहरूलाई आफ्ना वडामा यसबारे जनचेतना फैलाउन आग्रह गरे। साथै, आगामी दिनमा मधेश प्रदेशका आठ जिल्लाका स्वास्थ्य चौकीहरूसँग यस्तै अन्तरक्रिया कार्यक्रम गर्ने जानकारी समेत दिए।

कार्यक्रममा कलेजका एकेडेमिक डाइरेक्टर डा. रुबी श्रेष्ठ यास्मिन, एडमिसन तथा मार्केटिङ डाइरेक्टर आबिद हुसैन अन्सारी, हस्पिटल डाइरेक्टर डा. इसरत जहाँ अन्सारी, भाइस प्रिन्सिपल डा. रविशंकर गुप्ता, मेट्रोन विकास गुप्ता लगायतको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै