ट्रेन्डिङ

उपप्रमुख आलमको सहभागितामा लक्षमनवामा मस्जिद ढलान सम्पन्न

वीरगन्ज । वीरगन्ज महानगरपालिका वडा नम्बर १५ लक्षमनवा टोलमा नवनिर्मित मस्जिद फारुखे आजमको छत ढलान कार्य सम्पन्न भएको छ।

यस महत्वपूर्ण कार्यको शुभारम्भ महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले मसला राखी गरेका थिए, जसले स्थानीय बासिन्दाहरूमा ठूलो उत्साह र खुसी ल्याएको छ। मस्जिदको छत ढलान कार्यको थालनी उपप्रमुख इम्तियाज आलमले आफ्नै हातले मसला राखेर गरेका थिए । उनको यस सक्रिय सहभागितालाई लक्षमनवाका स्थानीय बासिन्दाहरूले ‘अत्यन्त सराहनीय’ भन्दै खुलेर प्रशंसा गरेका छन्।

मस्जिदको निर्माण कार्यले टोलमा धार्मिक सद्भाव र सामुदायिक विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्दै स्थानीयहरूले उपप्रमुख आलमप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका छन्। मस्जिदको ढलान सम्पन्न भएपछि लक्षमनवाका स्थानीय बासिन्दाहरूले उपप्रमुख इम्तियाज आलमले आगामी दिनमा आफ्नो टोलका लागि केही ठूला र महत्वपूर्ण सौगातहरू लिएर आउने विश्वास व्यक्त गरेका छन्।

सोही अवसरमा उपप्रमुख आलमले लक्षमनवाका बासिन्दाहरूसँग काँधमा काँध मिलाएर अगाडि बढ्न आफू सधैँ तयार रहेको प्रतिबद्धता व्यक्त गरे। ‘जुन समयमा मेरो आवश्यकता परेको खण्डमा बेझिझक मलाई सम्पर्क गर्न सक्नुहुनेछ। तपाईंहरूको समस्या समाधान गर्न हरसम्भव प्रयास गर्नेछु,’ उपप्रमुख आलमले स्थानीय समुदायलाई आश्वस्त पार्दै आफ्नो जनमुखी कार्य जारी रहने सन्देश दिए।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै