वीरगन्ज । नेपाली कांग्रेस पर्साका पूर्व सभापति तथा संविधानसभा सदस्य अजय द्विवेदीलाई पितृशोक परेको छ।
उनका बुवा राजेश्वर द्विवेदीको आइतबार साँझ निधन भएको हो। आज वीरगन्जस्थित तिलावे नदिको आर्यघाटमा उनको दाहसंस्कार सम्पन्न गरियो।
दिवंगत राजेश्वर द्विवेदीको पार्थिव शरीरमा पर्सा ब्राह्मण समाजले विशेष सम्मान व्यक्त गरेको थियो। समाजका केन्द्रीय सदस्य देवनाथ उपाध्याय र पर्सा कोषाध्यक्ष शैलेन्द्र कुमार उपाध्यायले आर्यघाट पुगेर ‘रामनामा’ नामको चादर ओढाई श्रद्धाञ्जली अर्पण गरेका थिए । यो दुखद घडीमा द्विवेदी परिवारलाई विभिन्न क्षेत्रबाट समवेदना व्यक्त गर्ने क्रम जारी छ।