ट्रेन्डिङ

‘घुमौ मधेश बुझौ मधेश’ : पर्यटन प्रवर्द्धन र १ लाख रोजगारी सिर्जनामा जोड

वीरगन्ज । मधेश प्रदेशलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यका साथ ‘घुमौ मधेश बुझौ मधेश’ कार्यक्रम वीरगन्जमा सफलतापूर्वक सम्पन्न भएको छ।

मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री ईञ्जिनियर बसन्त कुशवाहाको प्रमुख आतिथ्यमा आयोजित यस कार्यक्रममा प्रदेशमा पर्यटन विकास र लगानी प्रवर्द्धनका विविध पक्षमाथि गहन छलफल भएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री कुशवाहाले यस वर्षको बजेटमा १ लाख रोजगारी सिर्जना गर्ने महत्त्वाकाङ्क्षी लक्ष्य रहेको र त्यसका लागि सबै गतिविधिहरू समेटिने बताए। उनले मधेश प्रदेशमा लगानीका लागि कृषि, उद्योग र पर्यटनलाई मुख्य क्षेत्रका रूपमा औँल्याए। मन्त्री कुशवाहाले कृषकहरूलाई पनि बिस्तारै पर्यटनतर्फ आकर्षित गर्ने योजना रहेको जानकारी दिए।

यद्यपि, उनले मधेश प्रदेशमा पर्यटक आकर्षित गर्नका लागि पर्याप्त र विशिष्ट स्थानहरूको अभाव रहेको स्वीकार गर्दै नयाँ तरिकाले खेलकुदका गतिविधिहरू सञ्चालन गर्न र यहाँका ठाउँहरूलाई चिनाउने काममा जोड दिनुपर्ने आवश्यकता औँल्याए।

‘घुमौ मधेश बुझौ मधेश’ मधेश प्रदेश संयोजक विकास ठाकुरको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा नेपाल पत्रकार महासंघका मधेश प्रदेश अध्यक्ष श्याम बञ्जारा, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, मधेश विश्व विद्यालयका उपकुलपति प्राध्यापक डा. दीपक शाक्य, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी बलका उपरीक्षक राधेश्याम धिमाल, होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल लगायतको आतिथ्यता रहेको थियो।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै