ट्रेन्डिङ

सर्लाहीमा भएको अमानवीय घटनाको राष्ट्रिय मानव अधिकार आयोगद्वारा अनुसन्धान सुरु

वीरगन्ज ।
सर्लाही जिल्लाको पर्सा गाउँपालिका वडा नं. ५ मा तश्लीम अन्सारीमाथि भएको हिंसा र अपमानजनक घटनाको राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।

घटनाबारे आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा जनमत पार्टीका सांसद अब्दुल खानले दोषीमाथि कडा कारबाहीको माग गरेका थिए । यता, मुस्लिम समुदायका अगुवाहरुले घटनाप्रति आयोगको ध्यानाकर्षण गराउँदै उजुरी दिएपछि आयोगले अनुसन्धान गर्ने भएको हो ।

जेठ ३ गते शनिबार तश्लीम अन्सारीले आफ्नी छोरीको विवाहका लागि गरगहना बनाउने क्रममा स्थानीय सुनार राजेन्द्र साहसँग भएको विवादलाई लिएर उनलाई सुगुरको खोरमा थुनेर कुटपिट गरिएको थियो। मुस्लिम नेतृत्व र मानव अधिकारकर्मीहरूले यस घटनालाई ‘धार्मिक भावनामा आघात र सुनियोजित घृणा अपराध’ बताएका छन्। यस्ता घटनाहरू पछिल्ला वर्षहरूमा बढ्दै गएका छन्, जसले समाजमा साम्प्रदायिक विभाजन ल्याउने खतरा बढेको उनीहरुको भनाई छ ।

घटनाको स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी दोषीहरू विरुद्ध कडा कारबाही गर्न, पीडितलाई न्याय र तश्लीम अन्सारीलाई मानसिक, शारीरिक क्षतिपूर्ति र सरकारी सुरक्षा उपलब्ध गराउन माग गरेका छन् ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै