ट्रेन्डिङ

धोबिनीका आगलागी पीडितलाई वीरगन्ज कपडा बैंकको सहयोग

वीरगन्ज । वीरगन्ज कपडा बैंकले पर्साको धोबिनी गाउपालिका-५ सानो धोबिनिमा आगलागीबाट पीडित परिवारलाई कपडा एवं खाद्यान्न सहित राहत सहयोग गरेको छ । कपड़ा बैंकको टिम आगलागी पीडित सफि अहमद अन्सारीको घर मैं पुगी राहत स्वरूप लत्ताकपडा, कम्बल २ थान, बेडसिट ५ थान सहयोग गरेको छ । त्यसैगरी चिउरा १ बोरा, ५ केजि मिठठा, १ किलो चना लगायत सामाग्रीको साथै केही नगद सहयोग हस्तान्तरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।
सो अवसरमा कपड़ा बैंकका सलाहकार अधिवक्ता पन्नालाल गुप्ताले २ हजार १ सय रुपैयाँ नगद सहयोग गरेका थिए।

सो अवसरमा वडाअध्यक्ष मनौवर अहमद र समाजसेवी सल्लाउद्धिन अहमदले आगलागी पीडितको घरसम्म पुगेर कपडा लगायत खाधान्न एवं नगद सहयोग प्रदान गरेको भन्दै कपडा बैंक परिवार प्रती हार्दिक आभार व्यक्त गरे ।

सहयोग हस्तान्तरणमा अधिवक्ता गुप्ता, कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सचिव कन्हैया पटेल,
धोबिनी गाउँपालिका वडा-५ का वडाअध्यक्ष मनौवर अहमद र नेपाल रेडक्रस सोसाइटी मधेश प्रदेशका सहकोषाध्यक्ष समाजसेवी सल्लाउद्धिन अहमदको सहभागिता रहेको थियो ।

पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ सानो धोबिनी टोलमा बुधबार दिउँसो आगलागी हुदाँ स्थानीय सफि अहमद अन्सारीको घर तथा गोठ दुबै जलेर नष्ट भएको थियो भने सो आगलागीमा १० वटा बाख्रा सहित घरमा रहेका नगद, लत्ताकपडा,भाडावर्तन सबै जलेर नष्ट भएको थियो ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै