वीरगन्ज । जानकी महिला जागरण समाज, धनुषा जनकपुरधाम, सहयोगी संस्था कानूनी सहायता तथा परामर्श केन्द्रले लैंगिक उत्तरदायी न्याय सम्बन्धी वीरगंज महानगरपालिकाका उप प्रमुख इम्तियाज आलमसँग छलफल गरेको छ।
समाजमा महिलामाथि भइरहको दमन, हिंसालाई कसरी नियुनिकरण गर्ने बारे छलफल भएको उपमेयरको सचिवालयले जनाएको छ । छलफलमा वीरगंज महानगरपालिकाले गर्न सक्ने सहयोग गर्न तयार रहेको उपप्रमुख आलमले प्रतिबद्धता जनाए । समाजमा बढ्दै गइरहेको विकृतिलाई रोक्न विभिन्न कार्यक्रमको आयोजना गरेर जनचेतना फौलाउने उपप्रमुख आलमले बताए ।
उनले लैङ्गिक हिंसा अन्त्य गर्न र सो सम्बन्धमा पर्ने उजुरीहरूको बारेमा न्यायिक समितिमा मुद्दाहरूको छिनोफानो गर्न आवश्यक कानूनी सहयोग गर्न आग्रह गरे । छलफलमा जानकी महिला जागरण समाजका कार्यकारी निर्देशक राजन नेपाल, अधिवक्ता जुली कर्ण, कार्यक्रम संयोजक संजय पौडेलसँग बृहत छलफल भएको थियो।