ट्रेन्डिङ

बुद्धले देखाएको शान्तिको बाटोमा हामी सबै हिड्नु अहिलेको आवश्यकता हो : मन्त्री लेखी

राजविराज । गृहमन्त्री राजकुमार लेखीले बुद्धले देखाएको बाटोमा हामी सबैले हिड्नु पर्ने बताएका छन् ।

मधेश सरकारको प्रवक्ता समेत रहेका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिकामा २५६९औं बुद्ध जयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा सो कुरा बताएका हुन् ।

नगरपालिकाको वडा नम्बर २ मा थारु संस्कृति संरक्षण संघले बुद्ध जयन्ती समारोह तथा विविध सांस्कृतिक कार्यक्रममा मन्त्री लेखीले प्रमुख अतिथिको रुपमा बोल्दै अहिलेका अधिकांस युवाहरु लागू पदार्थको दुर्व्यसनको कुलतमा फसेकोले त्यस्ता कुलतमा परेका युवाहरूलाई गौतम बुद्धले देखाएको मार्गमा हिड्न प्रेरित गर्नु पर्ने बताए ।

मन्त्री लेखीले अहिले हाम्रो देशमा तीन तहको सरकार रहेकोले गाउँगाउँ टोलटोलमा बिकासले गति लिएको जिकिर गरे। अहिले एउटै वडामा कम्तीमा ३ वटा देखि ७ वटा योजनाहरु रहेको उनले बताए । त्यस्तै मन्त्री लेखीले लोकतन्त्रको विकल्प अरु कुनै व्यवस्था हुन नसक्ने बताउँदै वडादेखि केन्द्रसम्म महिला, दलित, आदिवासी, पिछडिएको क्षेत्र सबैको सम्बोधन अहिलेको संविधानले गरेको दाबी गरे ।

कार्यक्रममा विभिन्न जातजातिहरुले आफ्नो कला संस्कृति झल्किने नाच गान, झाकीहरु प्रस्तुत गरेका थिए । गृहमन्त्री मन्त्री राजकुमार लेखीले सम्पुर्ण झाकीको टोलीलाई नगद पुरस्कार प्रदान गर्दै बधाई समेत दिएका थिए ।

कार्यक्रममा सप्तकोशीको मेयर कृष्ण ढकाल, पूर्व मेयर उत्तम गौतम, वडा नम्बर २ का अध्यक्ष जाहिर हुसेन, वडा नम्बर ४ का वडा अध्यक्ष जयराम खंग लगायतका वडा अध्यक्षहरु र स्थानीय व्यक्तिहरु उपस्थित रहेका थिए।
कार्यक्रम संघका केन्द्रिय अध्यक्ष गयानन्द चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन केन्द्रिय महासचिव किशोर कुमार लेखीले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै