काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राजवादीका गतिविधिप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले उक्त असन्तुष्टि पोखेका हुन् । उनले बदलिँदो समयलाई ख्याल गर्दै अघि बढ्न राजावादीलाई आग्रह पनि गरे । प्रधानमन्त्री ओलीले जेठ १५ गते कुनै पनि प्रतिगामी सपना पूरा नहुने बताए ।
राजावादीहरूले आगामी जेठ १५ गतेबाट राजा फर्काउन अनिश्चितकालिन आन्दोलन घोषणा गरिरहेका बेला प्रधानमन्त्रीले भने, ‘यो वर्षको जेठ १५ गते होइन, अब आउने कुनै पनि जेठ १५ गते पर्खनुस्, तपाईंहरूको सपना साकार हुने छैन ।’
संविधानअनुसार अघि बढ्न प्रधानमन्त्री ओलीले सुझाव समेत दिए । राजावादीहरूले आगामी जेठ १५ गते आन्दोलनको घोषणा गरेको छ ।