ट्रेन्डिङ

भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन राजदूतावासको अनुरोध

वीरगन्ज । नयाँ दिल्लीमा रहेको नेपाल राजदूतावासले भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ ।

भारतको जम्मू–कश्मीर राज्यको पहलगाममा भएको आतंकवादी हमलापछि विकसित घटनाक्रमलाई मध्यनजर गर्दै भारतमा रहेका नेपालीहरुलाई सचेत र सुरक्षित रहन राजदूतावासले अनुरोध गरेको छ । संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न तथा भारत सरकारको आधिकारिक निकायबाट जारी भएका सुरक्षा सम्बन्धी निर्देशनहरुको पालना गर्न नेपाली राजदूतावास, नयाँदिल्लीले शुक्रबार जारी गरेको सूचनामार्फत अनुरोध गरेको छ ।

साथै, कुनै आपतकालीन अवस्था आएमा यस राजदूतावासको आवश्यक समन्वय र सहजीकरणका लागि राजदूतावासको नम्बरमा सम्पर्क गर्न सूचित गरेको छ ।

नेपाली राजदूतावास, नयाँ दिल्ली, भारतले टेलिफोन नंः– +९१–११ २३४७६२००, हटलाईन नंः–+९१–८९२९६०१९२५ मा आवश्यक समन्वयका लागि सम्पर्क गर्न भनेको छ । त्यसैगरी नेपाली महावाणिज्यदूतावास, कोलकत्ता, भारतको सम्पर्क नम्बर टेलिफोन न ः +९१–०३२४५६१२२४ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै