ट्रेन्डिङ

बेहुली विदाइ नगर्दा हत्या भएको घटनाका फरार अभियुक्त ३ वर्षपछि पोखरियाबाट पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

तीन वर्षअघि पर्सा जिल्लामा भएको एक पारिवारिक विवादका क्रममा ज्यान गुमाएका व्यक्तिको घटनामा संलग्न एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति पोखरिया नगरपालिका–५ सतवरिया निवासी ३३ वर्षीय धर्मेन्द्र प्रसाद चौहान रहेको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए ।

उनका अनुसार २०७६ सालको वैशाख ४ गते पोखरिया–६ श्रीसियाका शंकर प्रसाद महतो चाइका छोरा धर्मेन्द्र प्रसाद चौहानले सुभाष प्रसाद चौहानकी छोरी निशा कुमारी चौहानसँग सामाजिक परम्परा अनुसार विवाह गरेका थिए ।

विवाह पश्चात बेहुला पक्षले विदाइ गर्न नमानेको विषयलाई लिएर दुइ परिवारबिच विवाद सुरु भएको थियो । दुबै परिवारमा मनमुटाव बढ्दै गएपछि २०७९ सालको वैशाख ९ गते दिउँसो करिब २ बजे पोखरिया–४ मा रहेको वाल उधान अंग्रेजी बोर्डिङ स्कुलको प्राङ्गणमा दुई पक्षबीच झगडा भयो।

उक्त झगडाका क्रममा बेहुलाका बुवा शंकर प्रसाद महतो चाईको टाउकोमा गम्भीर चोट लाग्दा उपचारको क्रममा २०७९ साल असार ११ गते काठमाडौंस्थित शहीद गंगालाल अस्पतालमा मृत्यु भएको थियो।

सोही घटनापछि पर्सा प्रहरीले आरोपितहरूको खोजी तीव्र बनाएको जानकारी दिएको छ । लामो अनुसन्धान र निगरानीपछि प्रहरीले फरार अभियुक्त धर्मेन्द्र प्रसाद चौहानलाई पोखरिया–५ सतवरियाबाट पक्राउ गरी अनुसन्धानका लागि पर्सा

जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर प्रक्रिया अघि बढाइएको जनाएको छ । पर्सा प्रहरीका अनुसार घटनामा संलग्न अन्य अभियुक्तहरूको खोजी कार्य पनि जारी छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै