जनकपुरधाम । मधेश प्रदेश सभामा निर्माण हुन लागेको विभिन्न तीन वटा योजनाको शिलान्यास गरिएको छ ।
क्रबार विहान प्रदेशका सभामुख रामचन्द्र मण्डलले प्रदेश सभामा निर्माण हुन लागेको योजनाको शिलान्यास गरेका हुन् । तीन वटै योजना निर्माणको लागत एक करोड रुपैयाँ भन्दा बढी रहेको बताइएको छ । प्रदेश सभाको मुख्य प्रवेशद्धार निर्माण गर्न करिब ५० लाख रुपैयाँ विनियोजन गरिएको छ भने बाँकी प्रवेशद्धारहरु निर्माण गर्न २० लाख रुपैयाँ छुट्याइएको छ ।
त्यसैगरी प्रदेश सभा परिषरमा ‘वाटर फाउन्टेन’ निर्माण गर्न करिब ४० लाख रुपैयाँ लाग्ने अनुमान छ । अहिले करिब एक करोड १० लाखको लागत अनुमानमा योजनाहरुको निर्माण शुरु गरिएको छ । यसले प्रदेश सभाको शौन्दर्यकरणमा सहयोग पुग्ने विश्वास गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।