वीरगन्ज ।जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साको नयाँ पार्टी कार्यालयको उद्घाटन गरिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीटंकीमा नयाँ पार्टी कार्यलयको उद्घाटन गरिएको हो । यसैबीच नयाँ कार्यालयमा प्रथम जिल्ला अधिबेशनबाट निर्वाचित जिल्ला कार्य समिति र वीरगन्ज महानगर समितिका सम्पूर्ण पदाधिकारी एवं सदस्यहरूको सपथ ग्रहण गरिएको छ । अधिबेशनबाट निर्वाचित जिल्ला समिति पर्साका अध्यक्ष रामनरेश प्रसाद यादवलगायत पदाधिकारी तथा सदस्यहरु तथा वीरगन्ज महानगर समितिका अध्यक्ष घनश्याम बाबू गुप्ता लगायत सम्पूर्ण पदाधिकारी एवं सदस्यहरुले शपथ लिएका छन् ।

कार्यक्रममा जसपा नेपालका केन्द्रीय महासचिव एवं मधेश प्रदेशका प्रथम मुख्यमन्त्री लालबाबु राउतले पार्टीलाइ अझ बढी सशक्त बनाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए । उनले इमान्दारीका साथ पार्टीको संगठन निर्माणमा लाग्न आग्रह गरे । पार्टीको विचार र सिद्धान्तलाई जनताको घर–घरमा पुर्याउन सके पार्टी २०७४ को अवस्थामा आउने महासचिव राउतले बताए ।