ट्रेन्डिङ

रेशमलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्चका अधिकृत विष्ट नियन्त्रणमा

रेशमलाई रिहा गर्ने तयारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न पत्राचार गर्ने सर्वोच्च अदालतका अधिकृत पक्राउ परेका छन् ।

शाखा अधिकृत महिमान सिंह विष्टलाई पक्राउ गरेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा लगिएको छ । जनमत र नागरिक उन्मुक्ति पार्टीबीचको एकता घोषणा कार्यक्रममा सहभागी हुन जाने क्रममा चौधरी प्रज्ञा भवन परिसरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि दुई पार्टीबीचको एकता स्थगित भएको छ ।

यसैबीच रेशम चौधरीलाई रिहा गर्न सर्वोेच्च अदालतले पत्र पठाउने भएको छ । बुधबार बिहान जारी भएको भनिएको पत्र आधिकारिक नभएको भन्दै सर्वोेच्च अदालतले कारागार कार्यालय डिल्लीबजारलाई अर्को पत्र पठाएर चौधरीलाई रिहा गर्ने तयारी गरेको हो । यसअघि सर्वोच्च प्रशासनको बैठकमा विष्टसँग पत्र लेख्नुको आधार सोधिएको थियो । उनले आफ्नै विवेकले पत्र लेखेको बयान दिएका थिए ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै