कलैया । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहीमा शिव मन्दिरको शिलान्यास गरिएको छ ।
लोकतान्त्रिक समाजावदी पार्टी (लोसपा) नेपालका नेता एवं पूर्वमन्त्री जितेन्द्र सोनलले शिव मन्दिर निर्माणका लागि बुधबार बिधिवत पूजापाठ गरी शिलान्यास गरेका छन् । कार्यक्रममा बिश्रारामपुर गाउँपालिकाका अध्यक्ष जुबेर अलि भुटो (जुबेर भाइ) लोसपा नेता अजय गुप्ता, वडाअध्यक्ष अमिरी साह, पूर्व वडाअध्यक्ष भोला साह सोनारलगायत स्थानीयको उपस्थिति रहेको थियो ।
नेता सोनलको पहलमा मधेश प्रदेश सरकारको बजेटबाट मन्दिर निर्माण कार्यको शुभाआरम्भ गरिएको छ ।