ट्रेन्डिङ

पर्सागढीको हिरा इट्टा उद्योगले खनेको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु, सञ्चालकलाई कारबाही गर्न माग

वीरगन्ज ।
पर्साको पर्सागढी नगरपालिकामा इट्टाभट्टाको खाल्डोमा जमेको पानीमा डुबेर दुई जना बालिकाको मृत्यु भएको छ ।

आज दिउँसो नगरपालिकाको वडा नम्बर–५ बहुअर्वास्थित हिरा इट्टा भट्टा उद्योग नजिकै रहेको खाल्डोमा जमेको पानीमा डुबेर उनीहरुको मृत्यु भएको पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालले बताए । आज दिउँसो बाख्रा चराउन जाँदा इट्टा बनाउन माटो निकालेको स्थानमा खाल्डो परेर पानी जमेको थियो । सोही स्थानमा जाँदा डुबेर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सोही स्थानका रुस्तम मियाँको ५ वर्षीया छोरी नेहा खातुन र मुख्तार मियाँको ५ वर्षीया छोरी अफसाना खातनु रहेको प्रवक्ता लम्सालले बताए । बहुअर्वामा सन्तोष साहले सञ्चालन गरेको हिरा इट्टा उद्योगको इट्टा बनाउन खनिएको खाल्डोमा डुबेर उनीहरुको मृत्यु भएको छ । यसमा इट्टा उद्योगको चरम लापरवाही रहेको भन्दै स्थानीयले आक्रोश पोखेका छन् ।

‘गाउँघरमा जो कोही पनि खेतबारी तिर जान्छन्, माटो खनेपछि त्यसलाई व्यवस्थित गर्नु पथ्र्यो तर इट्टा उद्योगले लापरवाही गरेको छ । आज अनाहकमा दुई जना बालिकाले ज्यान गुमाउनु पर्यो’ स्थानीय एक जनाले भने, ‘यो इट्टाभट्टाको गम्भीर लापरबाही हो, दोषीलाई कारबाही गर्नुपर्छ ।’

डुबेर घाइते भएकाहरुको नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै