वीरगन्ज । पर्साको पोखरिया नगरपालिकामा आज सार्वजनिक विदा दिइएको छ ।
पोखरिया नगरपालिका वडा नम्बर –२ की महिला वडा सदस्य उर्मिला देवी गिरीको शनिबार निधन भएको थियो । उनको निधनको शोकमा पोखरिया नगरपालिकाले आइतबार सार्वजनिक विदा दिएको हो । वडा सदस्य गिरीको उपचारका क्रममा शनिबार अल्पायुमै निधन भएको थियो । उनको निधनको शोकमा शनिबार पोखरिया नगरपालिकाका मेयर प्रदुमन प्रसाद चौहानले एक शोक विज्ञप्ति जारी गर्दै दुःखको यस घडीमा आइतबार पोखरिया नगरपालिका र मातहतका सबै वडा कार्यालय, सेवा केन्द्र तथा ईकाइहरुमा सार्वजनिक विदा दिने निर्णय गरिएको जनाएका छन् । उनी गत स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएकी थिइन् ।