ट्रेन्डिङ

मन्त्री लेखीद्वारा सप्तरीमा छाँयाङ्कन तथा सम्पादनसम्बन्धि कार्यशालाको उद्घाटन

सप्तरी । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले छाँयाङ्कन तथा सम्पादनसम्बन्धि पाँच दिने कार्यशालाको उद्घाटन गरेका छन् ।

बैशाख ८ गते सोमबार सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा छाँयाङ्कन तथा सम्पादन सम्बन्धी कार्यशालाको उद्घान गरेका हुन् । मन्त्रालयको चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्ड जनकपुरधामको चालू आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरू तथा भिडियोग्राफीमा रुची राख्ने ब्यक्तिहरुको दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको मधेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री लेखीले बताए ।

चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डको कार्यबाहक अध्यक्ष अशोक दत्तको अध्यक्षता तथा मन्त्री लेखीको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा सप्तकोशी नगरपालिकाकी उपप्रमुख रीता कुमारी चौधरी, वडा नम्बर १ का अध्यक्ष रोहिणी पोखरेल, थारु संस्कृति संघ नेपालका अध्यक्ष गयानन्द चौधरीलगायतको सहभागिता रहेको थियो । कार्यशाला गोष्ठीमा सप्तकोशी नगरपालिकाको २५ जना युवाको सहभागिता रहेको छ भने कार्यशाला तालिमको प्रशिक्षकमा अरुण कुमार साह र सुर्यनारायण साह रहेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै