कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर २६ को १४ जना दलित, विपन्न तथा गरिब महिला र बालबालिकालाई कपडा हस्तान्तरण गरिएको छ । सो अवसरमा कलैया उपमहानगरपालिका वडा नम्बर २६ का वडा सदस्य सुबास मियाँ अन्सारी, नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रियंका दास, निःशुल्क कपडा बैंकका संरक्षक तथा नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य साजिर मन्सूर, अध्यक्ष मुकदम अन्सारी, जसपा नेपालका केन्द्रीय सदस्य कलाम अन्सारी, बैंकको सहजकर्ता प्रियंका कुश्वाहालगायतकाले कपडा हस्तान्तरण गरेका हुन ।
यसैबीच कपडा बैंकले बाराको करैयामाई गाउँपालिका वडा नम्बर १ को हरैया टोलका वैवाहिक बन्धनमा बाधिन् लागेका एक जोडीलाई निःशुल्क कोर्ट, पाइन्ट, सर्ट, जुता, लेडिज चप्पल, कुर्ता सुरुवाल हस्तान्तरण गरिएको छ । नेपाल पत्रकार महासंघ बाराकी उपाध्यक्ष प्रियंका दासले सो कपडा हस्तान्तरण गरेकी हुन । बिवाह गर्ने तयारीमा रहेका जोडीलाई कमजोर आर्थिक अवस्था भएका कारण निःशुल्क कपडा बैंकले सहयोग गरेको दासले बताइन् । उनले हरेक सेवाभन्दा मानव कल्याण उत्कृष्ट रहेकाले यस्ता महान कार्यमा सबैले आफ्नो आर्थिक हैसियतले सहयोग गर्न आग्रह गरिन् ।