काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नसरेको स्पष्ट पारेको छ ।
बोर्डले एक विज्ञप्ती जारी गर्दै बैशाख ११ गतेका लागि तय भएको परीक्षा समयमै सञ्चालन हुने जनाएको हो ।
सामाजिक सञ्जालमा बोर्डको लेडरप्याडमा अध्यक्षको हस्ताक्षर राखेर परीक्षा स्थगित भएको भ्रमपूर्ण सूचना सेयर हुन थालेपछि बोर्डले विज्ञप्तिमार्फत त्यसको खण्डन गरेको हो ।
साथै यस्ता भ्रामक सूचनाको भर नपर्न र आधिकारी वेबसाइटमा प्रकाशित सूचनालाई मात्र ध्यान दिन आग्रह गरिएको छ ।
त्यस्तै, विद्यार्थीहरूलाई धैर्यतापूर्वक परीक्षाको तयारीलाई निरन्तरता दिन विद्यार्थीहरुलाइ आग्रह बोर्डको छ ।
भ्रामक सूचना सम्प्रेषण गर्नेलाइ साइबर कानुन अनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको बोर्डले जानकारी दिएको छ ।