ट्रेन्डिङ

चुनाव अघि वा पछि दुवै गठबन्धन फापेन : महामन्त्री थापा

बारा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनावमा कुनै दलले पनि गठबन्धनको कल्पना गर्न नहुने बताएका छन् । बारा निर्वाचन क्षेत्र नम्बर ३ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले चुनावअघि होस् वा पछि दुवै गठबन्धन नफापेको बताएका हुन् ।

अहिले जतिसुकै बलियो गठबन्धनबाट प्रधानमन्त्री बनेपनि प्रत्येक दिनजस्तो सरकार ठिक छ भनिराख्नुपर्ने स्थिति रहेको उनले टिप्पणी गरे । उनले यस्तो परिस्थितीको अन्त्य गर्नको लागि निर्वाचन प्रणालीमा सुधार गर्नुपर्ने धारणा राखे ।

‘हामीले एउटा पार्टीले एक्लै लडेर बहुमत ल्याउने पार्टी बनाउन सक्छु भन्ने स्थितिको निर्माण हामीले गर्नुपर्नेछ । हामीले निर्वाचन प्रणालीबारे पार्टीभित्र र अन्य दलहरुसँग पनि छलफल चलाउनु पर्नेछ । ०८४ को चुनावमा कुनै पार्टीले गठबन्धन गर्नेबारे कल्पना नै नगरोस्, गठबन्धनबारे कसैको पनि राम्रो अनुभव छैन ।’ उनले भने, ‘यो चुनावमा हामीले माओवादीसँग मिलेर लड्यौं । अहिले एमालेसँग सरकारमा छौं । एमाले र माओवादीले त पार्टी नै एउटै बनाए, अहिले एकअर्कासँग मारामार छ । हामी कसैसँग पनि गठबन्धनको राम्रा अनुभव छैन । भारत, युरोपमा पनि गठबन्धन हुन्छ, हुँदैन नहुने भन्ने होइन । तर नेपालमा न चुनाव अघिको गठबन्धन राम्रो चल्यो, न चुनावपछिको ।’

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै