ट्रेन्डिङ

मधेशका पूर्वप्रदेश प्रमुख अहिराजविरुद्ध जबरजस्ती करणीको मुद्दा दर्ता, पक्राउ पूर्जी जारी

अहिराज सम्पर्कविहीन

काठमाडौं । मधेश प्रदेशको पूर्वप्रदेश प्रमुख राजेश अहिराजका विरुद्ध जबरजस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । एक महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंमा रहेको महिला सेलले उनीमाथि अनुसन्धान अघि बढाएको हो । परिसरका एसपी तथा प्रवक्ता अपीलराज बोहराले अहिराजमाथि अनुसन्धान भइरहेको पुष्टि गरे । जाहेरीमा डा. अहिराजले मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।

शुरूमा राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी हुन् । उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो ।

सोही आधारमा जिल्ला अदालत, काठमाडौंबाट पक्राउ आदेश माग गरिएको पीडितको पक्षमा काम गरिरहेकी एक सहयोगीले बताइन् । उनका अनुसार पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्यो । तर, अहिराज प्रहरी सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै