जनकपुर । यौन दुव्र्यवहारको घटनामा प्रहरी प्रशासनले न्यायमा आलटाल गरेको भन्दै सिरहाकी एक महिलाले आत्महत्या गरेकी छन् ।
पाँच महिनामा अगाडि आफूसंग भएको यौन दुव्र्यवहारको घटनामा न्याय गर्नमा प्रहरीले ढिलाइ गरेको भन्दै २५ वर्षीया महिलाले मंगलवार आत्महत्या गरेकी हुन । जिल्लाको नरहा गाउँपालिकास्थित बर्छवा टोलकी २५ वर्षीया आनन्दीदेवी सदा मंगलबार माइती घरमा मृत भेटिएकी मधेस प्रहरीले जनाएको छ ।
मधेस प्रहरीका डिआइजी लालमणि आचार्यका अनुसार उनी मंगलवार राती आफ्नो माइतमा मृत भेटिएकी हुन् । सिराहाकै नवराजपुर गाउँपालिका– ३ स्थितको माइतीघरमा झुन्डिएको अवस्थामा उनी फेला परेको मधेस प्रहरी प्रमुख आचार्यले बताए ।
उनका अनुसार गएको पुस महिनामा गाउँकै दुइजना युवाले सदामाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो । त्यही घटनामा आफूले लामो समयदेखि न्याय नपाएको भन्दै उनले आत्महत्या गरेको बताइन्छ । यद्यपी, मधेस प्रहरीका अनुसार उक्त घटनामा सिरहा प्रहरीले सबै प्रक्रिया पु¥याएर मुद्दा दर्ता गरिसेको जनाएको छ ।
डिआइजी आचार्यका अनुसार गएको फागुनमा २ जनामाथि मुद्दा दर्ता भइसकेको छ । मुद्दा दर्ता भइसकेपछि आरोपितहरु फरार भएकाले उनीहरुलाई पक्राउ मात्रै गर्न नसकिएको प्रहरी बताउँछ । जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख एसपी अनन्तराम शर्माले यो घटनामा कुनै अन्याय नगरिएको बताए ।
उनले भने, ‘पुसको पहिलो सातातिरको घटना हो, घटनाको भोलीपल्टै पीडितको मेडिकल गरिएको छ, सबै प्रक्रिया फागुनतिरै मुद्दा पनि दर्ता भएको । पक्राउ पूर्जी पनि जारी नै छ । खाली आरोपितहरु भारततिर फरार भएकाले पक्राउ गर्न नसकिएको हो । यतिमात्रै समस्या हो ।’
के हो घटना ?
गएको पुसको अन्तिम सातातिर घर नजिकैको दिदीको घरमा गएको बेलामा यो घटना भएको हो । त्यहाँको बगैचामा विहानको समयमा पीडित सदाले शौच गर्न गएकी थिइन् ।
सिरहा प्रहरी प्रमुख शर्माले भने, ‘त्यही बेला गाउँका दुइजना युवाहरुले ती महिलासंग यौन सम्बन्ध राख्न प्रस्ताव गरे, ती प्रस्ताव महिलाले अस्वीकार गरेपछि ती युवाहरुले बलात्कारको प्रयासको गरेको बुझिएको छ ।’
प्रहरीका अनुसार आनन्दीदेवीलाई नवराजपुर गाउँपालिका– ३ जगतपुरका २२ वर्षीय संजिवकुमार यादव र ३२ वर्षीय श्यामसुन्दर यादवले एकान्त बलात्कार प्रयास गरेका हुन । मृतक सदाको आफ्नो श्रीमानसंग सम्बन्ध बिच्छेद भइसकेको
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सम्बन्ध बिच्छेद भइसकेपछि उनी आफ्नो माइत बस्दै आएकी थिइन् ।