पर्सागढी नगरपालिकामा आगलगी, १० लाख भन्दा बढीको क्षति

वीरगन्ज । पर्साको पर्सागढी नगरपालिकामा आज आगलगी भएको छ ।

खाना पकाउने चुल्होबाट आगो सल्किएर आगलागी भएको पर्सा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार नगरपालिकाको वडा नम्बर– ९ मा सुरेश यादवको घरमा आगलागी भएको हो ।

आगलागीका कारण यादवको घर पूर्ण रूपमा जलेर नष्ट हुनुको साथै ८ वटा बाख्रा , धान, चामल, गहुँ, लत्ताकपडा, सुन र चाँदीका गरगहना जलेर नष्ट भएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

आगलगीका कारण करिब १० लाख भन्दा बढी रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको जनाइएको छ ।

आगलगी भने अहिले नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै