धनुषा । सञ्चारिका समूह नेपालको दोस्रो मधेस प्रदेश अधिवेशन सम्पन्न भएको छ । महोत्तरीको बर्दिबासस्थित होटल गुञ्जामा मंगलबार अधिवेशन सम्पन्न भएको हो ।
अधिवेशनले मधेश प्रदेशको अध्यक्षमा सुनिता बराललाई सर्वसम्मत चयन गरेको छ ।
यसैगरी उपाध्यक्षमा सुधा देव, माहासचिवमा यमुना खनाल, सचिवमा कविता खडका, कोषाध्यक्षमा लक्ष्मी चौधरी सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा शारदा पोखरेल, निलिमा पौडेल, विना श्रीवास्तव, विनिता कामत, पुस्तिका थापा, रन्जना खतिवडा, पुनम चौधरी, अनिता देवकोटा र रिना आले चयन भएका जनाइएको छ ।
क्रियाशिल महिला पत्रकारहरुको पेशागत सुरक्षा तथा भौतिक सुरक्षाको बिषय आफनो कामको प्रमुख क्षेत्र रहेको बताएकी छिन् । उनले पत्रकार महिलाको क्षमता अभिबृद्धि प्रेस तथा अभिब्यक्ति स्वतन्त्रताको रक्षाको निम्ति काम गर्ने बताइन ।
बरालले प्रदेश भरिका पत्रकार महिलाले आफूलाई बिश्वास गरेर दिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने बताइन । उनले आफू माथि गरिएको बिश्वास गुम्न नदिने प्रतिवद्धता जनाएकी छिन ।
सञ्चारिका समुहका केन्द्रीय सदस्य सलोजा दाहालको आतिथ्यमा सम्पन्न बन्द सत्रले समुहको नयाँ कार्यसमिति चयन गरेको हो ।