सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सर्लाहीमा भव्य स्वागत गरिएको छ ।
उनी नेतृत्वको केन्द्रिय टोलीलाइ बिहिबार यहाँ भव्य स्वागत गरिएको हो । जनतासँग माओवादी तराई मधेस जागरण अभियान टोली बिहिबार सर्लाही पुगेको छ ।
टोलीलाई जिल्लाको पर्सा गाउँपालिकास्थित संग्रामपुरका बासिन्दाहरुले फूल माला लगाएर स्वागत गरेका हुन् ।





यसअघि जनतासँग माओवादी तराई-मधेस जागरण अभियान महोत्तरी जिल्लाले टोलीको बिदाइ गरेको थियो ।
अध्यक्ष प्रचण्डले होली गीत गाउँदै अविर खेलेर महोत्तरीबाट बिदा भएका थिए ।