ट्रेन्डिङ

बाराबाट २ किलो ४१ ग्राम अफिमसहित दुइजना पक्राउ

वीरगन्ज । बारा प्रहरीले ठूलो परिणाममा लागु औषध अफिमसहित दुइजनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचमा प्रहरीले २ किलो ४१ ग्राम अफिमसहित दुइ जनालाइ पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ गाउँपालिका वडा नम्बर- सुनिल मोक्तान र मकवानपुर भिमफेदी वडा नम्बर-३ का हर्क रुम्बा रहेका छन ।

इलाका प्रहरी कार्यालयबाट अमलेखगञ्जबाट खटिएको टोलीले   सिमरा उपमहानगरपालिका -२१ बाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता बिजयराज पण्डितले बताए ।

उनका अनुसार हेटौंडाबाट वीरगन्जतर्फ आउदै गरेको बागमती प्रदेश ०३-००३ प ३१२६ नम्बरको मोटरसाइकलबाट बरामद भएको हो ।

अफिम जस्तो देखिने पदार्थ बरामद भएकोले पक्राउ परेकाहरुलाइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आवश्यक अनुसन्धान चलिरहेको बारा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै