ट्रेन्डिङ

५ रुपैयाँदेखि ५ हजारसम्म जरिवाना नतिरेका र कैद भएका १३ जना फरार प्रतिवादी पक्राउ

रौतहट । रौतहट प्रहरीले १३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला अदालतबाट भएको फैसलापश्चात फरार भएका प्रतिवादीलाई रौतहट प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको जनाएको छ ।

अदालतबाट ५ रुपैयाँदेखि ५ हजार रुपैयाँसम्म जरिवाना भएका तथा कैद सजाय भएका फरार प्रतिवादीलाई पक्राउ गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

फरार प्रतिवादी खोजविन अभियान अन्तर्गत प्रहरीले जनही ५ हजार जरिवाना भएका ६ जना, २ सय जरिवाना भएका एकजना, ५० रुपैयाँ जरिवना भएका २ जना र ५ र १० रुपैयाँ जरिवाना भएका एक÷एकजनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ६जना कुटपिट मुद्दा, एकजना जुवाको, एकजना सम्बन्ध बिच्छेदको र तीनजना गाली बेइज्जतीको तथा दुइजना लेनदेन बिगो मुद्दाका रहेको रौतहट प्रहरी प्रवक्ता दीपक कुमार रायले बताए ।
लेनदेन बिगो मुद्दाका दुबैजना प्रतिवादीलाई भने कैद भएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

पक्राउ पर्नेहरुमा रघुमहतो नुनिया, रामाकान्त महतो नुनिया, राजपति देबी, चनु महतो, सुगिया देबी, सुरेश महतो, इस्तेखेर आलम, प्रतिमा गिरी, कुसुमी कुमारी, रैमल देबी, राजकुमारी देबी, इन्द्रनारायण कुशवाहा, र रामबिनय साह रहेका छन् र

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै