ट्रेन्डिङ

अढाइ किलो अफिमसहित बाराबाट दुइजना पक्राउ

बारा । बारा प्रहरीले लागु औषध अफिमसहित दुइजनालाइ पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले अढाइ किलो अफिमसहित मंगलबार दुइजनालाई पक्राउ गरेको हो ।

प्रहरीले चितवन जिल्लाको कालिका नगरपालिका वडा नम्बर–३ घर भएका संचलाल बाइबा र मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३ बस्ने हिरालाल बाइबालाई पक्राउ गरेको हो ।

अमलेखगञ्जस्थित चेक प्वाइन्टमा मोटरसाइकल रोकी जाँच गर्दा अफिक जस्तो देखिने कालो पदार्थ बरामद भएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले बताए ।

उनका अनुसार विहानको समयमा हेटौंडाबाट वीरगन्जतर्फ एउटा बाइक आइरहेको थियो, शंकास्पद लागेपछि रोकेर जाँच गर्दा त्यसको सीटमुनिबाट अफिम जस्तो देखिने पदार्थ फेला परेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट प्र ३–०३––००२ प ८११ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ ।

बरामद अफिमसहित पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरीको हिरासतमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको बारा प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै