ट्रेन्डिङ

ललितपुरको टिकाथलीमा बोरिङ गर्दा आगोको ज्वाला निस्कियो

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा बोरिङ खन्ने क्रमा आगोको ज्वाला निस्किएको छ ।

पानी निकाल्न करिब ३ सय मिटर बोरिङको पाइप गाडिसकेपछि त्यहाँबाट आगोको ज्वाला निस्किएको हो ।

स्थानीयले फोर्सले पानी खनाएर निभाउने कोसिस गरेपनि आगो निभेको छैन ।

पत्रकार सीता पोखरेलले फेसबुकमा सार्वजनिक गरेको भिडिओ अनुसार टीकाथली र चाँगाथली बीचको गोदावरी खोलानजिकै ज्वाला निस्किएको हो ।

अहिले त्यहाँ प्रहरी टोली पनि पुगको छ । आगोको ज्वाला निस्किएको सन्दर्भमा थप वैज्ञानिक पुष्टिका लागि सरकारी अधिकारीसँग समन्वय भइरहेको बताइएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै