ट्रेन्डिङ

पर्साबाट ३ लाख रूपैयाँ पित्तलका भाँडासहित एक जना पक्राउ

वीरगन्ज । पर्सा प्रहरीले पित्तलको भाँडासहित एक जनालाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा नं.१५ लक्ष्मणवा र भेडियाही गाउँको बीचको चौरबाट प्रहरीले पित्तलको भाँडासहित एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत विहार मोतिहारी ग्राम फुलवरिया घर भई वीरगन्ज महानगपालिका-१० रानीघाट बस्ने २० वर्षका निरज कुमार साहलाई पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको गस्ती टोलीले बा.प्र.०३-००१ स १०२३ नम्बरको ई-लोडर गाडीमा जाँच गरेको थियो । सोही क्रममा भन्सार छलीका विभिन्न किसिमका पित्तलका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।

बरामद सामानको मूल्यांकन ३ लाख हजार रूपैँया कायम गरिएको छ । बरामद सामानहरु थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला पर्सा प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै