वीरगन्ज । सप्तरी प्रहरीले एक गोदाममा छापामारी गरी ठूलो परिणाममा लागु औषध गाँजा गरेको छ ।
राजविराजस्थित मुरहीको एक गोदामबाट प्रहरीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको हो ।
जिल्लाको राजविराज नगरपालिका वडा नम्बर-९ बाट प्रहरीको टोलीले ८० बोरा लागु औषध गाँजा बरामद गरेको प्रहरीले पुस्टि गरेको छ ।
विशेष सूचनाको आधारमा सिडिओसहितको उपस्थितिमा चलिरहेको छापामारीबाट अहिलेसम्म प्रहरीले ८० लागु औषध गाँजा बरामद भएको प्रहरी प्रमुख डकेन्द्र खतिवडाले बताए ।
उनका अनुसार अहिले छापामारी जारी छ, गोदाममा खोजविन चलिरहेको छ ।
गोदाममा कपडा हार्डवेयरका सामानसहित स्याउसमेत राखिएको प्रहरीले जानकारी दिएको छ । कसको गोदाम हो ? त्यो अहिले खुल्न नसकेको प्रहरीले जनायो ।
गोदामबाट बरामद गाँजाको नापतौल गर्ने काम चलिरहेको प्रहरी प्रमुख खतिवडाले बताए ।
सिडिओ भोला दाहालसहित नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले संयुक्तरूपमा छापामारी गरेको हो ।