काठमाण्डौँ । सिन्धुपाल्चोक जिल्लाको भैरवकुण्ड केन्द्रविन्दु भएर शुक्रबार बिहानै शक्तिशाली भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २ बजेर ५१ मिनेट जाँदा भुइँचालो गएको हो ।
भूकम्पको कम्पन ६.१ रेक्टर स्केल मापन गरिएको छ ।
भूकम्पले काठमाडौं उपत्यकालगायत देशभर प्रभाव पारेको छ । ओछ्यानमै रहेका मानिसहरू त्रसित भएका थिए ।
भुकम्पले पुर्याएको क्षतिबारे विवरण आउन बाँकी छ ।