ट्रेन्डिङ

बाराबाट १ किलो ७५० ग्राम लागु औषध अफिमसहित एकजना पक्राउ

वीरगन्ज । बारा प्रहरीले ठूलो परिणाममा लागु औषध अफिमसहित एकजनालाइ पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा गरिएको जाँचमा प्रहरीले जीतपुर सिमराको अमलेखगञ्जबाट १ किलो ७५० ग्राम लागु औषध अफिमसहित एकजनालाइ पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरीको टोलीले मकवानपुर कैलाश गाउँपालिका वडा-६ बस्ने रबिन्द्र मोक्तान्लाइ पक्राउ गरेको हो ।

हेटौडाबाट वीरगन्जतर्फ जाँदै गरेको बा ६३ प ८२६२ नम्बरको मोटरसाइकललाइ जाँच गर्दा प्रहरीले उक्त अफिम बरामद गरेको बारा प्रहरीका प्रहरी निरीक्षक दिलीपकुमार थापाले बताए ।

पक्राउ परेका मोक्तानमाथि अदालतबाट लागु औषध मुद्दामा १० दिनको म्याद थप भइ आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै