ट्रेन्डिङ

सर्लाहीबाट स्रोत नखुलेको रकमसहित एकजना भारतीय पक्राउ

सर्लाही । सर्लाही प्रहरीले स्रोत नखुलेको रकमसहित एकजना भारतीयलाई पक्राउ गरेको छ ।

विशेष सूचनको आधारमा गरिएको जाँचमा प्रहरीले स्रोत नखुलेको सात लाख ५८ हजार ३१०रुपैयाँसहित एकजनालाई पक्राउ गरेको हो ।

प्रहरीको टोलीले भारत विहार सितामढी ग्राम पञ्चायत विसनपुर १५ बस्ने चन्दन कुमार महतोलाई पक्राउ गरेको जनाएको छ ।

भारतबाट स्रोत नखुलेको रकम बोकी नेपाल आउँदै गरेका महतोलाई मलंगवा प्रहरी चौकीको टोलीले पक्राउ गरेको सर्लाही प्रहरी प्रवक्ता सरोज राइले बताए ।

उनका अनुसार महतोले आफ्‌नो पाइन्टभित्र लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा सााढे ७ लाख भन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ गरिएको हो ।

उनको साथबाट प्रहरीको टोलीले बीआर ३० एबी ९१८३ नम्बरको भारतीय स्प्लेण्डर मोटरसाइकलसमेत बरामद गरेको छ ।

पक्राउ परेका महतोसहित पैसा र मोटरसाइकललाई थप कारबाहीका लागि सर्लाही भन्सार कार्यालयमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै