ट्रेन्डिङ

प्रेम विवाहको विषयलाई लिएर नवलपरासी पश्चिमको बेलासपुरमा झडप, ३ राउन्ड हवाई फायर, ७ राउन्ड अश्रु ग्यासको प्रयोग

२१ जना घाइते

वीरगन्ज । प्रेम विवाहको विषयलाई लिएर नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिकास्थित बेलासपुरमा दुई समूहबिच झडप हुँदा करिब दुइ दर्जन व्यक्ति घाइते भएका छन् ।

स्थानीय एक जोडीको प्रेम विवाहको विषयलाई लिएर बेलासपुर र प्रसौनीका केही व्यक्तिबिच झडप हुँदा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयका गरी २१ जना घाइते भएको प्रहरीले जनाएको छ ।

केटी पक्षका घरमा आएर आगजनीको प्रयास गरिएपछि झडप भएको जनाइएको छ । झडप नियन्त्रणका लागि प्रहरीले ३ राउन्ड हवाई फायर गरेको थियो । भने ७ राउन्ड अश्रु ग्यासको प्रयोग गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक नारायण थापाले बताए ।

यसैबिच प्रदर्शनकारीले प्रहरीको एउटा गाडीमा पनि आगजनी समेत गरेका छन् । इलाका प्रहरी कार्यालय महेसपुरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ ।

स्थिति अहिले नियन्त्रणमा आइसकेको छ प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै